बुटवल, जेठ ४ : तिलोत्तमा नगरपालिकाको कोटिहवामा शंकास्पद वस्तु भेटिएको छ । सिद्धार्थ राजमार्गको कोटिहवास्थित सडक छेउमामा विस्फोटक पदार्थजस्तै देखिने वस्तु फेला परेको हो ।
जिल्लामा बुद्धजयन्ती मनाइरहेका बेला उक्त सडक खण्डकमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।
शंकास्पद वस्तु भेटिए पछि नेपाल प्रहरी र नेपाल आर्मीको टोलीले डिस्पोज गर्ने तयारी गरेको जानकारी दिए । उक्त शंकास्पद वस्तु देखिएपछि सवारीसाधन आवतजावत बन्द गरेका छन् ।
अहिले सो क्षेत्र वरिपरीको ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।