सिद्धबाबा नजिकै हाइलेक्स गाडी दुर्घटना हुँदा ६ जना घाइते

रिपोर्ट नेपाल | 2020 Jun 16 | 05:58 pm 2485

बुटवल, असार २ः मंगलबार पाल्पाबाट बुटवल आउदै गरेको प्रदेश ०३०१ २२ च ४५२२ नम्बरको डबल क्याब हाइलेक्स गाडी सिद्धबाबा नजिकै दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएका ६ जनाको प्रहरी र स्थानीयले तत्काल उद्दार गरेर उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पताल ल्याइएकाे प्रहरीले जानकारी दिएकाे छ । घाइतेमध्ये २ को अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइते हुनेहरुमा दया पाण्डे, नन्दु बस्याल, विनोद बस्याल, बालकृष्ण बस्याल, शिव पाण्डे र कृष्ण बस्याल रहेका छन् ।

उक्त हाइलेक्स गाडी सडकबाट तल नदीमा खसेको बताइएकाे छ । गाडीमा पाल्पा तिनाउ गाउँपालिकाका स्थानीय रहेको जनाइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.