सिक्री लुट्ने शेर्पा प्रहरीको फन्दामा

रिपोर्ट नेपाल | 2018 Oct 09 | 01:18 pm 4124

काठमाडौं, असोज २३ : सुनको सिक्री लुटपाट गरेको अभियोगमा सोलुखुम्बु चौरीखर्क बस्ने २० वर्षीय सनम शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका २२ न्युरोडबाट ओमबहाल जाँदै गरेको भक्तपुर ठिमी नगरपालिका ४ बस्ने २३ वर्षीय संजय मानन्धरले घाँटीमा लगाएको अन्दाजी १.५ तोलाको सुनको सिक्री लुटी भाग्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले सिक्री सहित शेर्पालाई पक्राउ गरिएको प्रहरीले बताए  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.