सिक्किमबाट घुम्न आएका एक युवकको लडेर निधन

रिपोर्ट नेपाल | 2023 Apr 16 | 02:54 pm 1765

पाँचथर, बैशाख ३ः छिमेकी भारतको सिक्किमदेखि पाँचथर घुम्न आएका एक जना युवकको भीरबाट लडेर निधन भएको छ । निधन हुनेमा ३५ वर्षीय केशव गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सीमावर्ती चिवाभञ्ज्याङ हुँदै याङ्वरक गाउँपालिका -१ च्याङथापु बजारमा आफन्तलाई भेट्न आउँदै गर्दा उहाँ शनिबार राति साढे ८ बजे मेवा खोला भीरबाट लडेका थिए । उनको शव आइतबार बिहान खोलामा डुबेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

गुरुङसहित पाँच जना युवा सिक्किमबाट रातको समय हिँड्दै नेपाल भारत सिमाना चिवाभञ्ज्याङ च्याङ्थापु बजार तर्फ आउने क्रममा गर्दा उक्त घटना भएको बताइएको छ । घटनाबारे जानकारी पाउनासाथ सदरमुकाम फिदिमबाट प्रहरी टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.