सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन आदेश

रिपोर्ट नेपाल | 2021 Mar 29 | 09:05 am 1497

काठमाडौं, चैत १६:  राज्यविरुद्धको संगठित अपराध मुद्दा कसुरमा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन नवलपरासी जिल्ला अदालतले आदेश दिएको छ। उक्त आदेश अदालतले आज गोरखापत्रमा सार्वजनिक सूचना निकालेकाे हो।

राउतलाई बाटोको म्यादबाहेक ३५ दिनभित्र सबुत प्रमाणसहित अदालतमा हाजिर हुन आदेश दिएको हो। यसअघि पक्राउ पूर्जीसहितको सूचना जारी भए पनि घर पत्ता नलागेका कारण सूचना जारी गर्नु परेको अदालतको ठहर छ।  समयमा हाजिर हुन नआए कानुनअनुसार कारबाही गर्ने अदालतले जनाएको छ।

उनीसँगै मानव ओसार पसार मुद्दामा रामकुमार तामाङको नाममा पनि पक्राउ पुर्जी जारी गरिएको छ।

राउत र सरकारबीच २०७५ फागुन २४ मा ११ बुँदे सहमति भएको थियो। उनले स्वतन्त्र मधेशको माग गर्दै आएका थिए ।जसमा राउत पक्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्दै स्वतन्त्र राजनीति गर्ने तथा स्वतन्त्रता, स्वाधीनता र अखण्डतको रक्षा गर्ने प्रतिवद्धता जनाइएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.