सिआईबिको नाममा ठगी गर्न खोज्ने एक पक्राउ

| 2020 Aug 14 | 04:32 pm 1647

काठमाडौं, साउन ३०ः केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को नाममा ठगी गर्न खोज्ने एक जनालाई ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग, निलकण्ठ न.पा. वडा नम्बर १४ घर भई तारकेश्वर न.पा. वडा नम्बर ११, नेपालटारमा डेरा लिई बस्ने ३६ वर्षीय शंकर प्रसाद अधिकारी रहेका छन् ।

उनले काठमाडौंका एक व्यवसायीलाई अख्तियारको मुद्दा परेको छ, उक्त मुद्दा सदर भई पक्राउको लागि सिआइबीमा पत्रचार भएको छ । मुद्दा हेर्न सिआइबीका इन्सपेक्टरले रु ५ लाख रुपैयाँ दिएमा मुद्दा रद्द बनाउने नत्र कुनै पनि समयमा तपाईलाई प्रहरीले पक्राउ गर्छ भनी डर देखाएका थिए ।

यसरी धम्क्याई सिआइबीको नाममा रकम असुल गरी ठगी गर्न खोज्ने अधिकारी आफूलाई आलोचना साप्ताहिक पत्रिकाको सम्वाददाता भनी बताएका छन् ।

अधिकारीलाई कामनपा वडा नम्बर ३ बसुन्धाराबाट पक्राउ गरिएको सिआइबीले जनाएको छ । उनले अन्य व्यक्तिहरुलाई समेत विभिन्न बहानामा ठगी गरेको हुनसक्ने हुनाले अनुसन्धान भइरहेको र आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, महाराजगंजमा पठाइएको ब्यूरोले जानकारी दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.