सिंहदरबार अगाडि नग्न प्रदर्शन गरेका बिकिन लिम्बुले फेरि गरे समूहसहित अर्धनग्न प्रदर्शन

| 2018 Sep 07 | 05:40 pm 2357

झापा, भदौ २२ : सिंहदरबार अगाडि नग्न प्रदर्शन गरेका बिकिन लिम्बुिले युवाहरुकाे टाेलीसहित फेरि अर्धनग्न प्रदर्शन गरेका छन् । झापाको भद्रपुर नगरपालिकाले जनताको करबाट उठेको पैसाले हिन्दु नारीहरूको तीजमा दर खुवाएको भन्दै अर्धनग्न भएर प्रदर्शन गरेका हुन् ।

सडक मर्मत गर्न माग गर्दै निवेदन दिँदा पैसा छैन नदिनेले हिन्दु नारीहरूको तीजलाई बजेट दिएकाे भन्दै उनीहरूले विरोध गरेका हुन् । सबै धर्मलार्इ सम्मान गर्नुपर्ने उनीहरुकाे माग छ । प्रदर्शनकारीका अनुसार भद्रपुर  नगरपालिकाले दर खुवाउनका लागि दुई लाख रुपैयाँ छुट्ट्याएको  छ ।

उटै जाति र धर्मको चाडलाई मात्रै प्राथकिता दिन नहुने युवाहरूको तर्क छ । उनीहरूले जनताले तिरेको करबाट नगरको विकास निर्माणमा खर्च गर्नुपर्ने बताएका छन् । ‘पीडित जनताको करले दर खान पाइन्दैन, सबै धर्म एकै हो सबैलाई सम्मान गर’ भन्ने नारासहित उनीहरूले प्रदर्शन गरेका थिए ।

नगरपालिकाले ‘होटेल सिटी गार्डन’मा दर खुवाउने कार्यक्रम राखेपछि उनीहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा ‘नेकपा सरकार मुर्दावाद, मानव अधिकार लागु गर’ लेखिएको प्लेकार्ड समेत प्रदर्शन गरेका छन् ।

राष्ट्रिय जनावरबाट गाईलाई हटाउन माग गर्दै लिम्बुले नयाँ मुलुकी ऐन लागु भएकै दिन भदौ १ गते सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए। त्यस क्रममा उनले तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरु मार्नेलाई कानुन लगाएकाले सरकारको विरोधमा सिंहदरबारमा धर्ना दिन आफूले नग्न प्रदर्शन गरेको प्रतिक्रिया दिएका थिए ।

उनले गाईलाई राष्ट्रिय जनावरबाट बदर गर्न र सबैलाई लागू हुने गरी नयाँ मुलुकी ऐन संशोधन गर्न माग गरिएको प्लेकार्ड पनि प्रदर्शन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.