सिंगोलबाट ठूलो संख्यामा जुवाडे पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 01 | 06:44 pm 3907

बारा, कात्तिक १५ :  ईलाका प्रहरी कार्यालय निजगढ बाराले अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा २२ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विक्रम लामाले बताए ।

आज बिहिबार बिहान साढे ३ बजेको समयमा बाराको निजगढ नगरपालिका वडा नम्बर १ सिंगोल स्थित आकाश घ्याबाको घरमा जुवा कौडा खेलिरहेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक विक्रम लामाको कमाण्डमा खटिएका प्रहरी टोलीले पक्राउ गरिएको बुझिएको छ ।

जुवा खेल्नेहरुमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नम्बर १ बस्ने वर्ष २५ को संजय राउत कुर्मी, वडा नम्बर १० बस्ने वर्ष ३५ को राजेश प्रसाद कलवार, वडा नम्बर १३ बस्ने वर्ष ४० को राजु साह, जिल्ला बारा निजगढ नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ३३ को विजय योन्जन, वडा नम्बर ७ बस्ने वर्ष ४२ को चुनुलाल श्रेष्ठ, जिल्ला गोर्खा आरुचनौटे गाँउपालिका वडा नम्बर ३ बस्ने वर्ष ४४ को मोहन प्रसाद शर्मा, जिल्ला बारा निजगढ नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३५ को विजय लामा, जिल्ला गढीमाई नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष ३१ को सिकिन्द्र सहनी, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ४४ को हरदेव साह, जिल्ला बारा निजगढ नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ३७ को शंकर रुम्बा, वडा नम्बर ३ बस्ने वर्ष ४२ को उज्वल थापा, वडा नम्बर ३ बस्ने वर्ष ३२ को ज्ञान लामा, वडा नम्बर ७ बस्ने वर्ष ३८ को रवी तामाङ, जिल्ला बारा निजगढ नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष ३१ को राम कुमार लामा, वडा नम्बर ९ बस्ने वर्ष ४१ को राजिव थापा, वडा नम्बर ३ बस्ने वर्ष २९ को युवराज तामाङ, वडा नम्बर १ बस्ने वर्ष २६ को आकाश घ्याबा, वडा नम्बर १ बस्ने वर्ष १९ को एल्विन तामाङ, वडा नम्बर ३ बस्ने वर्ष ३३ को दिनेश लामा, वडा नम्बर १ बस्ने वर्ष ३३ को लक्ष्मण चौधरी, वडा नम्बर १ बस्ने वर्ष १८ को आकाश चौधरी, जिल्ला मकवानपुर बकैया गाँउपालिका वडा नम्बर १ बस्ने वर्ष २९ को टोनिजा घिसिङ रहेका छन् ।

 

 

उक्त जुवाको खालबाट नगद २ लाख ३० हजार, १६ थान कौडा सहित पक्राउ गरिएको बताएका छन् । पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय बाराबाट प्रहरी हिरासतमा राख्न १० दिन को म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.