काठमाडाैं, जेठ १९ः साेमबार नेपालमा थप २ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले उक्त संख्याकाे जानकारी दिए।
साेमबार पुष्टि भएका संक्रमितहरू विभिन्न प्रयोगशालामा परीक्षण गरिएकाे थियाे । संक्रमितमध्ये २ सय १३ जना पुरुष रहेका छन् भने १३ महिला रहेका छन् ।योसँगै नेपालमा संक्रमण संंख्या १ हजार ७ सय ९८ पुगेको छ।
कुल संक्रमित मध्ये १ हजार ६ सय ६७ पुरुष र १ सय ३१ महिलामा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयलका अनुसार हालसम्म ५९ जिल्ला कोरोना संक्रमण फैलिएको छ ।
संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ। हालसम्म कुल संक्रमित मध्ये २ सय २१ जना निको भएर डिस्चार्ज भएका छन् ।