सालकाे अबैध गाेलिया काठ बरामद

| 2022 Sep 23 | 07:00 pm 1977

बर्दिया, असाेज ७ः गए राति प्रहरी चौकी ताराताल र प्रहरी चौकी खैरापुर “क” बाट खटिएको प्रहरी टोलीले सालकाे अवैध गाेलिया काठ बरामद गरेकाे छ ।

जिल्लाकाे बर्दिया गुलरिया नगरपालिका-०१ स्थित नेपाल-भारत सिमा नजिक रहेको नर्सरी वनमा लुकाई छिपाई खाडलमा राखिएको अबस्थामा ८ थान ७२ क्यू.फिट सालको गोलिया काठ बरामद गरी आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय बर्दियामा बुझाईएको ।

फरार प्रतिवादी पक्राउ

 सम्मानित बर्दिया जिल्ला अदालत गुलरियाको मिति २०७०।०२।२७ गतेको फैसला आदेशले साल काठ अनियमित कटान तथा मुछान ओसारपसार मुद्दामा ५ महिमा ५ दिन कैद सजाय तोकिएको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा बर्दिया बारबर्दिया-११ बस्ने रतिराम थारु रहेका छन् । उनलाई प्रहरी चौकी कतर्नियाघाट बर्दियाबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसेको अबस्थामा निजकै घरबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि सम्मानीत अदालतमा बुझाईएकोमा सम्मानीत अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय गुलरिया बर्दियामा पठाईएको प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बाेहराले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.