सालकको खपेटासहित २ पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 12 | 04:13 pm 3302

काठमाडौं, असोज २६ : केन्दीय अनुसन्धान व्यूरोले बालाजुबाट सालकको छालासहितको खपेटा ओसार पसार गर्ने दुई जनालाई पक्राउ गरेको छ । व्यूरो प्रहरीको टोलीले बिहीबार रामेछाप दोरम्बा – २ का देवराज श्रेष्ठ र दोलखा सैलुङ–१का ज्ञानबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

सालक साइटिस महासन्धि १९७५ को अनुसूची १ मा लोपोन्मूख प्रजातिको सूचीमा सुचीकृत जनावर हो। उनीहरूमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ ९१०, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन,२०७३ को दफा २१ ९१० “क” बमोजिम कारबाही हुने व्यूरोले जनाएको छ।

उक्त कानुनी प्रावधान अनुसार गैरकानुनी तरिकाले संरक्षित वन्यजन्तु मार्ने, आखेटोपहार राख्ने, खरिद बिक्री गर्ने वा ओसार पसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्ष सम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.