सालकको खपटा (आखेटोपहार) सहित दुई जना पक्राउ

| 2021 Sep 16 | 05:45 pm 2869

काठमाडाैं, भदाै ३१ः संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) सहित दुई  जनालाई  ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाँउपालिका वडा नं. ३ बस्ने वर्ष ३८ का सोनाम तामाङ र वर्ष ३२ का ध्यान बहादुर तामाङ रहेका छन् ।

उनीहरूलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि यस व्यूरो तथा जिल्ला प्रहरी कार्यालय, रामेछापबाट खटिएको संयुक्त प्रहरी टोलीले रामेछाप, मन्थली एरियाबाट संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा मन्थली नगरपालिका वडा नं. १ देवकोटा चोकबाट पक्राउ गरेकाे हाे ।

उनीहरूकाे साथबाट संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) २५ किलाे अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा बिहीबार पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, रामेछाप मन्थलीमा बुझाईएको ब्यूराेले जानकारी दिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.