सालकको खपटासहित दुई जना पक्राउ

| 2020 Nov 23 | 02:06 pm 3437

काठमाडौं, मंसिर ८ः दुर्लभ बन्यजन्तु सालकको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका २ बाल्टिङ घर भई हाल काठमाडौं स्वयम्भु बस्ने २५ वर्षीय बिनोद तामाङ र काभ्रे सल्ले भुल्बु गाउँपालिका ३ का ४७ वर्षीय लाल सिंह तामाङ रहेका छन् ।

No description available.

चाबहिल एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ बन्यजन्तु सालकको खपटा अबैध रुपमा बिक्रि वितरण गर्नको लागि लुकाई छिपाई ल्याएको छ भन्ने बिशेष सुचनाको आधारमा अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको जानकारी दिएको हो ।

उनीहरुलाई महाशाखाको टोलीले आइतबार काठमाडौं महानगरपालिका ७ चाबहिल स्थित शान्तिगोरेटो चोक बाट १ किलो २५ ग्राम तौल भएको सालकको खपटा बिक्रि वितरण गर्ने उद्देश्यले लिई आएका अवस्थामा पक्राउ गरेको हो ।

अनुसन्धान टोलीले पक्राउ गरी उनीहरुलाई आवश्यक कारबाहिको लागि जिल्ला बन कार्यालय काठमाडौं पठाईएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.