सार्वजनिक यातायातको भाडादर पुनः बढ्याे

| 2022 Jul 12 | 07:43 am 1209

काठमाडौं, असार २८: सोमबार रातिदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडादर पुनः बढेको छ।

अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यकोआधारमा स्वचालित रूपमा समायोजन गरिएको यातायात व्यवस्था विभागले सोमबार सूचना निकालेर जानकारी दिएको छ।

विभागका अनुसार यात्रुवाहक गाडीमा १ दशमलव ७९ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर समायोजन भएको हो।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य ५ प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरूपमा भाडादर परिवर्तन हुने उल्लेख छ। गएको असार १२ गते पनि भाडादर समायोजन गरिएको थियो। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.