सार्थक मल्ल एसइईमा नेपाल टप भएको दाबी

रिपोर्ट नेपाल | 2018 Jun 24 | 07:05 am 3802

भक्तपुर, असार १० : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएका छन् ।

भक्तपुरको सूर्यविनायकस्थित उक्त विद्यालयबाट एसइई परीक्षा दिएका सार्थक मल्लले जिपिए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रधानाध्यापक अनिल श्रेष्ठले जानकारी दिए। जिपिए ४ ल्याउने मल्ल नै नेपाल कै टप एसइई परीक्षार्थी भएको उनले दाबी गरेका छन । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.