सारा फाउन्डेसनद्वारा स्कुलका बालबालिकालाई ब्याग र स्वीटर सहयोग

रिपोर्ट नेपाल | 2019 Nov 29 | 02:06 pm 2715

सर्लाही, मंसिर १३: लाबन्दि नगरपालिका–१२ पथरकोट सर्लाहीमा रहेको नारायण जनता माध्यमिक विद्यालयमा कक्षा १ देखि ५ सम्मका बालबालिकाहरुलाई सारा फाउण्डेसनले स्कुल ब्याग र जाडोमा लगाउने स्वीटर हस्तान्तरण गरेको छ ।

पूर्वमन्त्रि शम्भुलाल क्षेष्ठको प्रमुख आतिथ्यतामा स्थानीय नेता, स्कुलका प्रधानाध्यापक, शिक्षक र समाजसेविहरुको उपस्थितिमा बिहिबार सो कार्यक्रम संचालन गरिएको हो ।

सर्लाहीको पथरकोटमा आयोजित कार्यक्रममा सारा फाउण्डेसनकी अध्यक्ष एवं युवा नेतृ शर्मिला थापाले १ सय ५० जना बालबालिकाहरुलाई स्कुल ब्याग र जाडोमा लगाउने स्वीटर हस्तान्तरण गरेका हुन्।


फाउन्डेसनकी अध्यक्ष थापाले बालबालिकाहरुको शैक्षिक विकासका लागि र जाडो महिनामा केही राहात पुगोस भनेर सानो भएपनि सहयोग गरेको बताइन् ।

सर्लाहिमा रहेका द्वन्द पिडित बालबालिकालाई शैक्षिक सामाग्रि हस्तान्तरण गरेको सारा फाउन्डेसनले समाजसेवाको उद्देश्य सहित विभिन्न क्षेत्रमा समाजिक कार्य गर्दै आएको छ ।

कार्यक्रमलाई सम्बोधान गर्दै पूर्वमन्त्री क्षेष्ठले सारा फाउन्डेसनद्वारा बालबालिकाहरुलाई गरिएको सहयोगले बालबालिकाको शैक्षिक र सार्वाङ्गिण विकासमा सहयोग पुर्याउने र जाडोमा बालबालिकालाई राहात हुने विश्वास समेत रहेको बताए ।

साथै फाउन्डेनकी अध्यक्ष थापाको कदम प्रशंसनीय रहेकाले धन्यवाद समेत ब्यक्त गर्दै आगामिदिनमा फाउन्डेसन थप सामाजिक कार्यमा लाग्नुपर्ने सुझाव समेत दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.