कैलाली, बैशाख २ः एक किशोरी सामूहिक रूपमा बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न भएकाे आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूमध्ये दुईजना २० वर्ष र दुईजना क्रमशः २१ र २४ वर्षको रहेका छन् । उनीहरूले किशाेरीलाइ धारिलो हतियार र मोटरसाइकलसहितअाएर बलात्कार गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।
जिल्लाको गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।
आफन्तलाई भेटेर गएराति घर फर्किंदै गरेकी किशोरी खुरखुरियानजिकै सामूहिक बलात्कारमा परेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।
उनका अनुसार, बलात्कृत किशोरीले आफूमाथि कुटपिट गर्दै बलात्कार गरेको बयान दिएकी छन् । घटनामा संलग्न रहेकाे आरोपमा ४ जनालाई नियन्त्रणमा लिइएको बताइएकाे छ ।