सामान्य विवादमा श्रीमानले श्रीमतीलाई उमालेको तेलमा डुबायो

रिपोर्ट नेपाल | 2019 Nov 04 | 12:16 pm 1506

सिन्धुली, कात्तिक १८: शनिबार राति सामान्य घरयासी विवादमा श्रीमानले श्रीमतीको अनुहार उम्लिरहेको तेलमा डुबाएर गम्भीर घाइते बनाएका छन् । उक्त घटना दुधौली नगरपालिका–४ एकहटिया निवासी ३५ वर्षीय रितु सदा (मुसहर)ले ३२ वर्षीया श्रीमती आशा सदालाई तेलमा डुबाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घाइते महिलाको स्थानीय मेडिकलमा सामान्य उपचारपछि आइतबार नै थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको र यहाँ पनि राम्रो उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको छ ।

घटना घटाएपछि श्रीमान रितु भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाए । महिलाको आर्थिक अवस्था निकै कमजोर रहेकाले काठमाडौं जाने र टिचिङ हस्पिटलमा निःशुल्क उपचारको व्यवस्था मिलाएर पठाएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिए ।

सामान्य झगडाले उग्र रुप लिँदा रितुले श्रीमतीमाथि कुटपिट गरी माछा तार्न उमालिरहेको तेलमा अनुहार डुबाइदिएको आशाकी आमा मंगली सदाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.