सामाजिक समस्या समाधान गर्न प्रहरी र समुदायको सहकार्य नितान्त आवश्यक –प्रहरी नायब उपरिक्षक फणिन्द्र प्रसाई

रिपोर्ट नेपाल | 2019 Feb 26 | 10:36 am 2884

काठमाण्डौ, फागुन १४ :  महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाइले समाजमा देखिएका विभिन्न समस्याहरु समाधान गर्न प्रहरी र समुदायको सहकार्य नितान्त आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाण्ठौ स्थित बुढानिलकण्ठ नगरपालिकामा भएको अभिमुखिकरण कार्यक्रमलाइ सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । साथै प्रहरी प्रभाग कपनबाट समुदाय– प्रहरी साझेदारी अन्तर्गत सञ्चालनमा आएको कार्यक्रमहरुको जानकारी दिएका थिए ।

यस नगरपालिकाको १३ वटै वडाका पदाधिकारीहरु विच सम्पन्न कार्यक्रममा महानगरीय प्रहरी परीसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले कार्यक्रमको औचित्यता माथि प्रकाश पार्दै कार्यक्रमलाई सफलता प्रदान गर्न आफ्नो तर्फबाट जस्तो सुकै सहयोग गर्न पनि तत्पर रहेको धारणा राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धब खरेलले विकासका निमित्त सुरक्षा अत्यन्तै महत्वपुर्ण बिषय भएको हुँदा प्रहरी र आम समुदाय संगै हिड्न सके मात्रै सुरक्षित समाजको निर्माण गर्न सकिने बताए ।

सुरक्षित र समुन्नत बुढानिलकण्ठ निर्माणमा प्रहरी र समुदायको महत्वपुर्ण भुमिका रहने र यसको लागि सबै वडाहरुको सक्दो सक्रियता रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सम्पुर्ण वडाका संयोजकहरुबाट अपराध रहित समाज निर्माणमा आ–आफ्नो तर्फबाट भविष्यमा गर्न सकिने योजना समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका र १३ वटा वडाका सदस्यहरु, प्रहरी प्रभाग कपनका कार्यालय प्रमुख प्रहरी निरीक्षक मिन बहादुर कुवर, प्रहरी प्रभाग बुढानिलकण्ठका कार्यालय प्रमुख राज कुमार राईसमेतको उपस्थिती रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.