काठमाडौं, चैत २८ : नेपालमा सरकारले ‘पब्जी’ खेलमा प्रतिबन्ध लगाए लगत्तै सामाजिक सञ्जालमा ‘टिकटक’ पनि प्रतिबन्ध लगाउनु पर्ने माग उठ्न थालेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा सरकारले बिहीबार ‘पब्जी’ खेल प्रतिबन्ध लगाएको हो ।
प्राधिकरणले बिहीबारबाटै इन्टरनेट सेवा प्रदायकहरूलाई ‘पब्जी’ खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न निर्देशन दिएपछि सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा ‘टिकटक’ पनि प्रतिबन्ध लगाउनु पर्ने माग उठ्न थालेकाे हाे ।
राेशु ट्विटरमा लेख्छिन्, ‘पब्जी मात्र होइन सरकार टिकटक नि बन्द गर अनि मात्र हामी सोजा साझाले बाच्न पाउछाैँ ।’
पब्जी मात्र होइन सरकार टिकटक नि बन्द गर अनि मात्र हामी सोजा साझाले बाच्न पाउछउ 😏
— ❤Roshu❤️ (@roshubhattarai) April 11, 2019
निर्मला घोडासैनि लेख्छिन्, ‘सरकारले पब्जी बन्द गरिसक्यो अब टिक्टक र सिरियल पनि बन्द गर्यो भने सबैले घरमा नडढेको सब्जी खान पाउँछन् ।’
सरकारले पब्जी बन्द गरिसक्यो अब टिक्टक र सिरियल पनि बन्द गर्यो भने सबै ट्विटे ले घरमा नडढेको सब्जी खान पाउँछन्
— निर्मला घोडासैनि (@Nir_ma_la) April 11, 2019
व्याड एक्टर हेलो सरकारकाे ध्याकर्षण गर्दै ट्विटरमा लेख्छन्, ‘पब्जि ब्यान् गरेकोमा सरकारलाई धेरै धन्यवाद दिन चाहन्छु। मेरा कति साथीहरु कोठाभित्रै बसिरहने, गफ गर्न नरुचाउने, अनावश्यक चिच्याउने, बर्बराइरहने पब्जिको कुलतमा फसेका थिए। अब त्यो कुलतबाट निस्कन्छन् होला। सरकारसँग मेरो एउटा अनुरोध, टिकटक नि ब्यान् गरिदिनु पर्याे।’
हेलो @Hello_Sarkar
पब्जि ब्यान् गरेकोमा सरकारलाई धेरै धन्यवाद दिन चाहन्छु। मेरा कति साथीहरु कोठाभित्रै बसिरहने, गफ गर्न नरुचाउने, अनावश्यक चिच्याउने, बर्बराइरहने पब्जिको कुलतमा फसेका थिए। अब त्यो कुलतबाट निस्कन्छन होला।
सरकारसँग मेरो एउटा अनुरोध, टिकटक नि ब्यान् गरिदिनु परो।
— Bad Actor (@s_kc1) April 11, 2019
शम्भु ट्विटरमा लेख्छन्, सरकारले “पब्जी” नामक गेममाथि प्रतिबन्ध लगाएर अत्यन्त सह्रानीय काम गरेको छ। बच्चादेखि युवा पुस्तासम्म यो लतमा फसेर बर्बाद हुने अवस्थामा पुगिसकेको थियो।अब पालो “टिकटक” को!!!!’
#GoodNews
सरकारले "पब्जी" नामक गेममाथि प्रतिबन्ध लगाएर अत्यन्त सह्रानीय काम गरेको छ।बच्चादेखि युवा पुस्तासम्म यो लतमा फसेर बर्बाद हुने अवस्थामा पुगिसकेको थियो।अब पालो "टिकटक" को!!!!— Shambhu (भैया) (@shambhuNCP) April 11, 2019
अविरल लेख्छन्, ‘सरकार !! पब्जी बन्द गर्यौ,, अब टिकटक नि बन्द गर्देउ !! धेरै ढडेको खाना मात्र पाइयो ।’
सरकार !! पब्जी बन्द गर्यौ,, अब टिकटक नि बन्द गर्देउ !! धेरै ढडेको खाना मात्र पाइयो😂
— Ankit Abiral (@AbiralN) April 11, 2019
डा अनुमान ट्विटरमा लेख्छन्, ‘पब्जी त ब्याण्ड भयो, अब टिकटक नि ब्याण्ड हुनु पर्छ र बल्ल मजा आउँछ ।’ ( यसबारे पनि सरकारले केहि समयपछि कदम चाल्ने बुझिएको छ..)
पब्जी त ब्याण्ड भयो
अब टिकटक नि ब्याण्ड हुनु पर्छ र बल्ल मजा आउँछ
( यसवारे पनि सरकारले केहि समयपछि कदम चाल्ने बुझिएको छ..)— Dr. अनुमान ( Leduap Hsihsa ) (@a77pdl) April 11, 2019
सन्तोष गुरुङले पनि ट्विटरमै लेख्छन्, ‘ल केटा हो नारी पुरुष एक हौ भन्ने नारामा धाँधली भो। सरकारले ‘पब्जी’ बन्द गरे अब टिकटक नि बन्द गर भनेर आवाज उठाऊ ।’
ल केटाहो नारी पुरुष एक हौ भन्ने नारामा धाँधली भो।
सरकार्ले पबजी बन्द गरे अब टिकटक नी बन्द गर भनेर आवाज़ उठाऊ#उठाऊयूवा— म.सन्तोष गुरुङ 🖤 (@beingsantosgrg) April 11, 2019
त्यस्तै अन्य धेरैले अब टिकटकमाथि पनि प्रतिबन्ध लगाउन माग उठाएका छन् ।

राविज खत्रि फेसबुकमा लेख्छन् , सरकार टिकटक पनि बन्द गर्नु पर्यो, छोरा मात्रै सुधारेर कहाँ हुन्छ छोरी पनि सुर्धानु पर्यो ।
सरस्वती अधिकारी फेसबुकमा लेख्छिन्, ‘अनि त्याे टिकटक हाे की चटक पनि बन्द गर्नु पर्याे । ‘


के हाे पब्जी ?
दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले यो अनलाइन गेमको उत्पादन गरेको हो । पब्जीको पूरा रुप PlayerUnknown’s Battlegrounds(PUBG) हो ।
पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज भएको यो गेम दुई वर्ष नहुँदै यसका प्रयोगकर्ताको संख्या ५० करोड नाघिसकेको छ । ८ करोड ७० लाख मानिस दैनिक रुपमा पब्जी खेल्दछन् । यो गेम विन्डोज, एक्सबक्स, एन्ड्रोइड तथा आइओएस प्लाटफर्ममा उपलब्ध रहेको छ ।
आइओएस र एन्ड्रोइड प्लेटफर्ममा मात्र पब्जी २४ करोड पटक डाउनलोड भएको छ । सन् २०१८ मा पब्जी गेमबाट कम्पनीले कूल १ अर्ब ३ करोड डलर आम्दानी गरेको तथ्यांक छ । पब्जी गेमका मोबाइल प्रयोगकर्तामध्ये साढे २२ करोड चिनियाँ रहेका छन् । त्यस्तै अमेरिकी प्रयोगकर्ता ११ प्रतिशत र भारतीय प्रयोगकर्ता ८ प्रतिशत रहेका छन् ।
पछिल्लो समय पब्जी खेल मोबाइल प्रयोगकर्तामा यतिधेरै लोकप्रिय बनेको छ कि धेरै मानिसहरु यसको लतमै फसेका छन् ।
खासगरी बालबालिका र किशोर किशोरीहरुमा यो गेमका कारण परेको नकारात्मक असर तथा बसेको कुलतका कारण यो अनलाइन गेममाथि प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि विश्वमा उठ्न थालेको छ ।
के हो टिक टक ?
टिक टिक एक सोसल मिडिया एप्लिकेसन हो । जसका माध्यमबाट स्मार्टफोन प्रयोगकर्ताले छोटा छोटा भिडियो (१५ सेकेण्ड सम्मका) बनाएर शेयर गर्न सक्दछन् ।
बाइट डान्स नामक कम्पनीले यो एप बनाएको हो । टिक टक सन् २०१६ को सेप्टेम्बरमा लञ्च भएको हो । सन् २०१८ मा टिक टक लोकप्रियताको चुलीमा पुग्यो । गत अक्टोबरमा टिकटक अमेरिकामा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न पुग्यो ।
गुगल प्लेमा टिक–टकको परिचय short videos for you भनेर दिइएको छ । प्ले स्टोरमा टिकटकको बारेमा लेखिएको छ: टिकटक मोबाइलबाट छोटा छोटा भिडियो बनाउने कुनै साधारण तरिका होइन । यसमा कुनै बनाबटीपना छैन र यसको कुनै सीमा छैन । चाहे तपाईं बिहान पौने ८ बजे ब्रस गरिरहेको हुनुस् वा नास्ता बनाइरहेको हुनुस् । चाहे तपाईं जेसुकै गरिरहेको र जहाँ सुकै हुनुहोस् टिकटकमा आउनुहोस् र १५ सेकेण्डमा दुनियाँलाई आफ्नो कहानी बताउनुहोस् ।
टिकटकको साथमा तपाईंको जीवन अझै रोमाञ्चक हुन्छ । तपाईं जिन्दगीका हरेक पल जिउनुहुन्छ र हरेक समय केही नयाँ खोजी गरिरहनु भएको हुन्छ । आफ्नो भिडियोमा स्पेशल इफेक्ट फिल्टर, ब्युटी इफेक्ट, इमोजी स्टिकर तथा म्युजिक हालेर नयाँ रङ्ग दिन सक्नुहुन्छ ।