काठमाडाैं, माघ ७ः सामाजिक संजालमा महिलालाई अश्लिल भिडियाे, फाेटाे तथा सन्देश पठाई उत्पिडन कार्य गरी हैरानी दिने व्यक्तिलाई साइबर ब्यूराेले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा सल्यान साविक कालागाउँ गाविस २ घर भई हाल कुमख गाउँपालिका ४ सेराडाडा बस्ने ३६ वर्षीय रमेश शाही भन्ने रवि शाही रहेका छन् ।
शाहीले परिचित महिला साथी सल्यानी २० नाम परिवर्तितलाई सामाजिक संजाल फेसबुककाे म्यासेन्जर मार्फत उक्त कार्य गरेकाे हुँदा उनलाई विद्युतीय काराेबार ऐन २०६३ काे दफा ४७ बमाेजिमकाे कसुर गरेकाे पाइएकाे हुँदा सम्मानित जिल्ला अदालत काठमाडाैंबाट पक्राउ अनुमती लिई जिल्ला प्रहरी कार्यालय सल्यानकाे सहयाेगमा हिजाे मंगलबार पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेकाे प्रवक्त एवम् सूचना अधिकारी प्रहरी बरिष्ठ उपरीक्षक नविन्द अर्यालले बताए ।