काठमाडाैं, साउन ८ः यहि जुलाई २५ मा हुन गइरहेको एनआरएनए जापानको नयाँ नेतृत्व चयनको लागि महासचिव पदका अब्बल उम्मेदवारको रुपमा टीकाराम खरेल देखिएका छन् |
नेपालस्थित गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नम्बर ९ स्थित डासिकोटमा जन्मिएका खरेल नेपालमा पनि विभिन्न सामाजिक संघ सस्थाहरूको सफल नेतृत्व गरिसकेका छन् |
अध्ययनशिल, नम्र बोलि, शिष्ट्राचार र सस्कारले भरिएका खरेललाई बालबच्चादेखी बुढापाकाहरुले निकै माया गर्छन | खरेलले नेपालका विभिन्न स्थाहरूमा साथै वैदेशिक रोजगारीका क्रममा जापान तथा अन्य देशहरुमा विपतमा परेका नेपालीहरुको सक्दो सहयोग गर्ने मनकारी पात्र हुन् |
उनी आफ्नो जन्मभूमिलाइ सधै हसिलो र शीर उचो बनाउन अहोरात्र खटिने एक राष्ट्रप्रेमी योद्दा हुन् | गाउँघरमा सस्कृतिको बचाउ गर्दै विकाशको बाटोमा प्रविधि संगसंगै अगाडि बढ्नुपर्छ भन्ने सामाजिक अभियान्ता समेतको नामले खरेल परिचित छन् |
सामाजिक काममा तल्लिन भएकोले र यस अघि पनि एनआरएनए जापानको सचिव पदमा बसेर सफल नेतृत्व गरिसक्नुभएकोले उहा अब्बल उम्मेदवार ठहरिएका छन् |
खरेल “इमान्दारिता,पारदर्शिता,र लगनशीलता,सक्षम,सबल र साझा एनआरएनए मेरो प्रतिवद्दता” भन्ने मुल मन्त्रका साथ उम्मेदवारी दिएसंगै नेपालमा पनि उनलाई नेतृत्वमा जसरी पनि पुराउनुपर्छ भन्दै घरघरमा चर्चा र छलफल भएका छन् |
साथै यस क्षेत्रका आफन्त तथा शुभचिन्तकहरुले जापानमा रहेका मतदाताहरुलाइ सामाजिक संजालमार्फत आफ्नो बहुमुल्य मत महासचिव पदका उम्मेदवार टिकाराम खरेललाई दिन अनुरोधसमेत गरेका छन् |
त्यसैले पनि अहिलेको महासचिव पदको लागि उनको उम्मेदवारी अब्बल भएको जानकारहरुको विश्लेषण रहेको छ |
छोटो परिचय:
१-जन्म साबिकको अर्लाङ्कोट गाबिस-१ डासिकोट गुल्मी हालको मुसिकोट नगरपालिका-९
२- स्थायी ठेगाना भरतपुर -४ लकु चितवन/धापासी,काठमाडाैं।
३- सोखिन भलिबल, हाजिरी जबाफ, अन्त्याक्षरी कार्यक्रम आदी-आदी।
४- सानै देखि स्थानीय क्लब तथा खेलकुदमा सकृय।
५- सानै देखि ट्युसन देखि प्रोढ कक्षा अध्यापन ५- न्यु डायनामिक युथ क्लबको संस्थामक महासचिब ।
६- क्याम्पसको अध्यन गर्दै वामीटक्सार स्थित श्री मालिका ईङ्लिस बोडिङ्ग ,निम्न माध्यमिक हुदै माध्यमिक अंग्रेजी एबं अर्थसास्त्रको शिक्षक साथै भाइस प्रिन्सिपल।
७- सानै उमेरमा s.l.c. परीक्षामा सहायक सुपर्टेन भएर परीक्षा संञ्चालन
८- अंग्रेजी बिषयमा स्नाकोत्तर सम्मको अध्यन ।
९- २००५ अप्रिलमा विद्यार्थी भिषामा जापान प्रबेश।
१०- लगभग २ बर्ष जापानिज भाषा अध्ययन।
११- साइतामा केनको सेईगाकुईन युनिभर्सिटीमा अध्ययन ।
१२- जापनिज कम्पनिमा केही समय रोजगारी पश्चात हालसम्म आफ्नै ब्यबसाय शुरु। नेपालमा दरमखोला हाईड्रो, कृषि, पशुपालन र शिक्षा क्षेत्रमा ठुलो लगानी। सामाजिक क्षेत्र: १-२००९ मा न्यु लाईफ मनकामना फण्डको स्थापना त्यसको संस्थापक महसचिब २-२०१२ मा जन कल्याणकारी संस्था जापानको संस्थापक अध्यक्ष ३- २०१३ बाट NRNA जापानमा संलग्न ४-२०१३ मा गुल्मेली समाज जापानको केन्द्रीय सदस्य ५-२०१५ अर्लाङकोट सेवा समाज जापानको संस्थापक अध्यक्ष ६-२०१६ देखि गुल्मेली समाज जापानको सल्लाहकार ६-२०१७-२०१९ NRNA कान्तो क्षेत्रको सल्लाहकार ७- २०१९-२०२१ NRNA जापानको केन्द्रीय सचिब ८- २०२१-२०२३ महासचिब उम्मेदवार NRNA जापानले गर्ने नेपाल फेष्टिबल लगायतका कार्यक्रममा ठुलो सहयोग ।