ढाका, भदौ १९ : नेपालले साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा निराशाजनक सुरु गरेको छ । बंगलादेशको ढाकामा सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा मंगलबार ५ मिनेट इन्जुरी टाइममा सम्हालिन नसक्दा नेपालले हार बेहोरेको छ ।
इन्जुरी समयमा मुहम्मद अलिले गोल गरेपछि नेपाल २– १ ले पराजित भयो । सदुल्लाहको क्रसमा मुहम्मदले नजिकबाट गोल गर्दै पाकिस्तानलाई जित दिलाएका थिए ।
खेलको पहिलो हाफमा पाकिस्तान १० गोल अन्तरको अग्रता लिएको थियो । ३६ औं मिनेटमा हसन नविद बसिरको पेनाल्टी गोल गर्दै पाकिस्तानलाई १-० गोलको अग्रता दिलाएका थिए ।
दोस्रो हाफको खेलको ८२ औं मिनेटमा विमल घर्तीमगरले गोल फर्काएका थिए तर खेलको अन्तिम मिनेटमा पाकिस्तानले फेरी गोल गर्दौ विजयी हासिल गर्यो ।