१० मिनेटमै नेपालविरुद्ध माल्दिभ्सको गोल

| 2018 Sep 12 | 04:04 pm 4347

ढाका, भदौ २७ : साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्सले नेपालविरुद्ध सुरुवाती अग्रता लिएको छ । दशौं मिनेटमा माल्दिभ्सले गोल गरेको हो । डिबक्स बाहिर पाएको फ्रिकिकमा उसले गोल गरेको हो ।

साफ च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा अहिले नेपाल र भाल्दिभ्स खेल्दै छन्। हरेक संस्करणमा उपाधि दाबेदार रूपमा आफूलाई प्रस्तुत गर्दै आएको नेपालले अहिलेसम्म उपाधि हात पार्न सकेको छैन।

सन् १९९३ मा सार्क राष्ट्रको फुटबल खेल विकास गर्ने उद्देश्यले सुरु भएको (सार्क गोल्डकप) साफ च्याम्पियनसिपले १२औं संस्करण पार गर्दा नेपाल सेमिफाइनलमाथि जान सकेको छैन। बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपमा नेपाल यस पटक फेरि सेमिफाइनलमा पुगेको छ। च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालले अहिले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल प्रतियोगितामा पहिलोपटक फाइनल पुग्ने प्रयासमा हुने छ। सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियन्सिपमा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन। यस प्रतियोगिताको इतिहासमा नेपालले मालदिभ्सलाई हराएको छैन। तर यी दुई टोलीबीचको भिडन्त सँधै रोमाञ्‍चक रहँदै आएको छ। त्यसैले यसपटक नेपालले माल्दिभ्ससँग भोग्दै आएको बराबरी र हारको नतिजा जितमा बदल्न सकेन नेपालले इतिहास रच्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.