ढाका, भदौ १९ : साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्धको खेलमा नेपालले गोल फर्काएको छ । खेलको ८२ औं मिनेटमा विमल घर्तीमगरले गोल फर्काएका हुन् ।
यसअघि नेपालले पेनाल्टीमा गोल खाएर १-० ले पछि परेको थियो । ३६ औं मिनेटमा हसन नविद बसिरको पेनाल्टी गोल गर्दै पाकिस्तानलाई १-० गोलको अग्रता दिलाएका थिए । बंगलादेशको राजधानी बंगबन्धु राष्ट्रिय रंगशालामा साफ सुजुकी कपको पहिलो खेलमा दुई टिमबीचको खेल जारी छ ।