साफे मार्तडी सकडखण्ड अवरुद्ध

रिपोर्ट नेपाल | 2019 Sep 14 | 05:59 pm 1789

बाजुरा, भदौ २८ अविरल वर्षाका कारण पहिरो जाँदा बाजुराको साफे मार्तडी सकडखण्ड अवरुद्ध भएको छ।

गए रातिदेखि परेको पानीले  बुढीगंगा र बडीमालिका नगरपालिका सीमाक्षेत्रलगायत  विभिन्न ठाउँमा गएको पहिरो खसेर उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए।

अवरूद्ध सडक संचालनको प्रयास भए पनि ठाउँ ठाउँमा पहिरो नरोकिँदा समस्या भएको प्रहरीको भनाइ छ।

पहिरो गएको ठाउँमा सडक मर्मत सम्भार गर्नका लागि एक्साभेटर प्रयोग गर्नु पर्ने भएको छ । तर, तत्कालै एक्साभेटर उपलब्ध नभएकाले त्यसको लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए। पहिरोले अवरूद्ध भइ रोकिएका सडक आइतबारसम्म खुल्ने उनको भनाइ छ।

पहिरोले सडक भासिएपछि करिब पचास मिटर बाटोमा नयाँ ट्रयाक खोल्नुपर्ने र त्यसको लागि पहिरो रोकिनुपर्ने न्यौपानेको भनाइ छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.