काठमाडौं, फागुन १२ : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। कांग्रेस केन्द्रिय कार्यालय सानेपामा आइतबार नेविसंघका दुई समूहबीच झडप भएको हो।
विद्यार्थीहरू बिच एकआपसमा ढुंगा हानाहान भएपछि प्रहरीले लाठी चार्ज गरेको छ। पार्टी कार्यालयभित्र विद्यार्थी नेताहरुलाई प्रवेश निषेधसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ। त्यसक्रममा पत्रकार केशव साउद पनि घाइते भएका छन् । हाल पार्टी कार्यालयभित्र विद्यार्थी नेतालाई प्रवेश निषेध गरिएको छ ।

संस्थापन पक्षका विद्यार्थीहरु नेविसंघमा ३२ वर्षे उमेरहद ल्याउन नहुने पक्षमा छन् भने कृष्णप्रसाद सिटौला पक्षका विद्यार्थीहरू त्यसमा सन्तुष्ट छैनन्।