सानिमा बैंकले पायाे आइटी क्षेत्रकाे अन्तराष्ट्रिय इएसओ प्रमाणपत्र

| 2023 Jul 16 | 06:23 pm 1713

काठमाडाैं, असार ३१ । झण्डै ११ वर्ष अगाडी नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाई ग्राहकहरुलाई गुणस्तरीय सेवा दिंदै आएको सानिमा बैंकले आफ्ना ग्राहकलाई दिन प्रतिदिन थप सुविधा दिंदै आएको छ । आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङ क्षेत्रमा सुरक्षित र गुणस्तरीय आइटी सेवा प्रदान गर्न बैंकको सूचना प्रविधि र सूचना प्रविधि सम्बन्धी सेवाहरूका लागि प्रतिष्ठित आइएसओ २७००१ः २०१३ (ISO 27001:2013) प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।

बैंकले ग्राहकको डाटा र बैकिंङ प्रणालीको सुरक्षालाई सधैं प्राथमिकतामा राखेको र यो प्रमाणीकरणले सूचना सुरक्षा र डाटा सुरक्षा सुनिश्चित गर्ने निरन्तर प्रयासमा महत्वपूर्ण कोसेढुङ्गाको रूपमा लिएको बताएकाे छ । यो प्रमाणीकरण प्राप्त पछि, सानिमा बैंकले आफ्ना ग्राहकहरूको डाटालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्डहरू पुरा गरी सुरक्षित भएको र बैंकप्रति ग्राहकहरुको विश्वास बढ्ने जनाएको छ । साथै सानिमा बैंकले आफ्ना ग्राहकहरूको डाटा र सूचनाको सुरक्षा र गोपनीयतालाई प्राथमिकता दिने कुरामा जोड दिदै आएको छ ।

सानिमा बैंकले ७ वटै प्रदेशमा १३२ कार्यालय र १२२ एटिएम सञ्जालबाट उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.