काठमाडाैं, साउन १० । सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ ।
यो सुबिधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट मार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन् । बैंक ग्यारेन्टीका लागि अनलाइन मार्फत सम्पूर्ण प्रक्रिया पूरा भए पश्चात आवेदकको इमेलमा सुचना प्राप्त गरिने बैंकले जनाएको छ । उक्त सूचना प्राप्त गरे पछि सम्बन्धित व्यक्तिले सक्कल आवेदन सहित बैंकको काउन्टरबाट बैंक ग्यारेन्टी (जमानत) सङ्कलन गर्ने व्यवस्था मिलाइएको र आवेदनमा कुनै समस्या भएमा, कारणसहित इमेल मार्फत समयमै सूचना पठाइने बैकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
साथै यो प्रबिधिबाट ग्राहकहरूलाई छिटो, छरिटो र झन्झटरहित सेवा प्रवाह गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको पनि जनाएको छ ।
सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु रहेका छन् ।