सात हजार अमेरीकी डलरसहित रसुवागढी नाकाबाट एक जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 11 | 02:22 pm 1449

रसुवा, पुस २६ः रसुवागढी नाकाबाट अमेरीकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आमाछोदिङमो गाउँपालिका वडा नं ४ गोल्जुङका २२ वर्षिय कान्छा कुमार घले रहेका छन् ।

सशस्त्र प्रहरी बल २१ नम्बर गुल्म टिमुरेका शसस्त्र प्रहरी प्रमुख डिएसपी लक्षमण थापाका अनुसार नियमित चेक जाँचको क्रममा ७ हजार अमेरीकी डलर (नेपाली सात लाख ९३ हजार तिन सय ८०) रुपपैयाँ सहित चिनको केरुङ जान लागेका उनलाई शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको जानकारी दिएको छ ।

शनिवार विहान करिव ९ बजेको समयमा पक्राउ गरिएको डिएसपी लक्षमण थापाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.