सात सय लिटर मदिरा नियन्त्रणमा

रिपोर्ट नेपाल | 2018 Jun 30 | 12:44 pm 4799

गौशाला, असार १६: महोत्तरी जिल्लामा मदिरा उत्पादन, बिक्री वितरण, ओसारपसार विरुद्ध सर्च अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालयले सात सय १५ लिटर तयारी मदिरा नियन्त्रणमा लिएको छ ।

त्यस्तै एक हजार ८५० लिटर कच्चापदार्थ समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए।

छिमेकी जिल्ला धनुषामा तीन दिनअघि घरेलु विषाक्त मदिरा खाएर छ जनाको मृत्यु भएपछि महोत्तरी प्रहरीले पनि जिल्लामा घरेलु मदिरा उत्पादन, बिक्री वितरण तथा ओसारपसार विरुद्ध आजदेखि अभियान चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट एक सय ३३ जना प्रहरी खटिएर जिल्लाको विभिन्न भागबाट सयौं लिटर तयारी मदिरा तथा कच्चा पदार्थ नियन्त्रणमा लिएको छ ।

त्यस्तै मदिरा बनाउन प्रयोग हुने २४ थान भाँडा तथा ड्रम पनि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कडायतले बताए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.