सात वर्षीया बालिका बलात्‍कार आरोपमा भारतीय नागरिक पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 16 | 07:09 am 2639

पाल्पा, कार्तिक ३० : सात वर्षीया बालिका बलात्कारको आरोपमा पाल्पामा एक भारतीय युवा पक्राउ परेका छन् ।

रामपुर नगरपालिकाकी ७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बेतिया जिल्ला भारत घर भइ रामपुर–४ भिमसेन टोलमा बसेर काम गर्दै आएका २२ वर्षीय कौशर मियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बिहिबार दिउँसो बालिकालाई बलात्कार गरी भागेको अवस्थामा इलाका प्रहरी कार्यालय रामपुरले रामपुर क्षेत्रबाटै उनलाई पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.