सात लाख भन्दाबढी नगद र ६ किलो चाँदीका गरगहनासहित एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 16 | 05:22 pm 1938

धनुषा, कात्तिक ३०: शनिबार अवैध चाँदीका गरगहना र नगद सात लाखभन्दा बढी रुपैयाँसहित एक जनालाई धनुषा सशस्त्र प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाका अजय गुप्ता रहेका छन्।

उनलाई जनकपुरधाम उपमहानगरपालिका २५ लोहनामा चेकचाँजका क्रममा ६ किलो चाँदीका गरगहना र ७ लाख ३० हजार १ सय रुपैयाँसहित पक्राउ गरिएको धनुषाका सशस्त्र एसपी राजेश उप्रेतीले जानकारी दिए।

प्रहरीका अनुसार गुप्ताका जिउमा कपडा बेरेर नगद र चाँदी लुकाएर ल्याएको जनाए।

गुप्तालाई बरामद रुपैयाँ र चाँदीसहित आवश्यक कार्वाहीको लागि जनकपुर भन्सार कार्यालयलमा बुझाइने एसपी उप्रेतीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.