साताको दोस्रो दिन पनि शेयर बजारमा गिरावट

| 2023 Sep 25 | 04:22 pm 957

काठमाडौँ ८ असोज । साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको शेयर बजार साताको दोस्रो दिन पनि शेयर बजारमा गिरावट आएको छ भने कारोबार रकम पनि खुम्चिएको छ ।

साताको दोस्रो दिन पनि शेयर बजार आज ५.८९ अंकले घटेर २००४.४५ बिन्दुमा कायम भएको छ ।

१ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४७१ रुपैयाँको कारोबार हुँदा ६५ लाख १६ हजार ६ कित्ता सेयरको खरिदबिक्री भएको हो । अघिल्लो कारोबारका तुलनामा आज कारोबार रकम भने खुम्चिएको छ ।

आज सुभम पावर लिमिटेड र थ्रि स्टार हाइड्रोपावर लिमिटेडले नकारात्मक सकिर्टका सार्थ सर्वाधिक गुमाएका छन् । माइखोला हाइड्रोपाावर लिमिटेड सकारात्मक सकिर्टका सार्थ सर्वाधिक नाफामा रहेको छ ।

त्यसैगरी कारोबारका आधारमा सन लाईफ नेपाल इन्स्योरेन्स कम्पानी ७ करोड ६८ लाख ९६ हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.