काठमाडौँ, फागुन १७ : शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । साताको अन्तिम दिन आज सुन चाँदीको कारोबारमा मूल्य घटेको हो । बिहिबारको तुलनामा सुन प्रति तोला ४ सय रुपैयाँले घटेको छ भने चाँदीमा ५ रुपैयाँ घटेको हो ।
छापावाला सुन प्रति तोला ६२ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६१ ह्जार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।