साढे ३३ किलो सुन प्रकरण: सई सञ्जेल पनि साधारण तारेखमा रिहा

| 2018 Dec 07 | 06:48 am 1910

मोरङ, मंसिर २१: साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्याका आरोपी निलम्बित सई बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।

गएको जेठ ८ गते जिल्ला अदालत मोरङको आदेश उल्ट्याउँदै सञ्जेललाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो । उच्च अदालतका न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको संयुक्त इजलाशले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिँदा तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको उच्च अदालतका रजिष्ट्रार नरायण रेग्मीले जानकारी दिए।

जिल्ला अदालत मोरङले सञ्जेललाई आपराधिक समूह स्थापाना गरी सुन चोरीपैठारी तथा चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको चारवटै विषयमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.