मकवानपुर, चैत २: अवैध रुपमा करीब साढे २ किलो चाँदीका गहनासहित एक युवकलाई प्रहरीलेपक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाग्लुङको जेमिनी नगरपालिका –७ का कृष्ण रसाईली रहेका छन् ।
भन्सार छली ल्याइएको २ किलो ४ सय ६० ग्राम चाँदीका गहनासहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर जनाएको छ ।
उक्त गहनाबारे अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।