साढे पाँच किलो गाँजासहित दुई महिला पक्राउ

| 2020 Nov 10 | 05:06 pm 1540

माेरङ, कात्तिक २५ः विराटनगर स्थित कन्चनबारी ४ बाट साढे पाँच किलो गाँजासहित दुई महिलालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–९ की सीता राई र साँगुरीगढी–१ की वविता राई रहेका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी कवीन्द्र कार्कीका अनुसार महिलाले झोलामा गाँजा बोकेर सुनसरीको पकली हुँदै विराटनगर आएका थिए ।

पक्राउ परेका महिलाहरु सुनसरीको पकलीमा बस्दै आएको खुलेको छ । टेम्पोबाट झरेर पैदल हिँडिरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको कार्कीले बताए ।

उनका अनुसार पक्राउ परेकाहरुले बोकेको जेब्रा झोलामा पाँचवटा पोका बनाएर राखेको अवस्थामा पाँच किलो सात सय ग्राम गाँजा बरामद भएको जनाइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.