काठमाडौँ, साउन ३० : साझा प्रकाशनका अवकाश प्राप्त कमचारीहरुले साझा प्रकाशनको प्रागणमा धर्ना दिएका छन् । उनीहरूले असार ३२ गते देखि प्रकाशनको प्रागणमा धर्ना दिएका हुन् ।
महानिर्देशक डोलेन्द्र प्रसाद शर्माले कर्मचारीहरूलाई जर्वजस्ती अवकाशमा जान उक्साएर राजीनामा दिएको भन्दै पूर्व कर्मचारीहरूले भोलि देखि थप आन्दोलनका कार्यक्रमहरू गर्ने बताएका छन् । सेवा सुविधा नदिई साझाले झुकाएर हटाएको भन्दै उपदान तथा पुर्नवहालीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
पूर्व कर्मचारी आन्दोलन समितिका संयोजक घिरेन्द्र राज खनालले भने महाप्रबन्धक डोलेन्द्र प्रसाद शर्माले असार मसान्त सम्ममा उपदानको रकम उपलब्ध गराउने उपलब्ध गराउन नसके पुनर्बहाली गर्ने लिखित प्रतिबद्धता दिएको दाबी गरे । २ वर्षको अवधिमा दुई चोटि लिखित प्रतिबद्धता दिए ।
साझाका कर्मचारी र साझा संस्था प्रति अनुदार रहेको र कर्मचारीको हित विपरीत निर्णय गरेको भन्दै राजीनामा समेत मागेका छन् । पूर्व कर्मचारी प्रेम बहादुर कार्कीले साझालाई बचाउनका लागि आफूहरूले राजीनामा दिएको तर अहिले आफूहरूलाई सेवा सुविधाबाट वञ्चित गराएकाले आन्दोलनमा उत्रिएको बताए ।
५८ वर्ष देखि साझा मै सेवा दिएको भन्दै उपदान अथवा पुनर्बहाली नदिए सम्म आन्दोलन जारी राख्ने पूर्व कर्मचारी तारा चालिसेले बताउनु भयो । महाप्रबन्धक शर्मा सामु सेवा सुविधा उपलब्ध गराउने आश्वासन सहित २ वर्ष पहिले राजीनामा दिएको भन्दै उहाँले आफ्ना मागहरू पुरा नगरेकाले आन्दोलनमा उत्रनु परेको बताए ।
साझा प्रकाशनका अधिकृत स्तरका २२ जना , सहायक स्तरका ६९ जना गरी १२८ जना कर्मचारीहरूले स्वक्षिक अवकाश दिएका थिए । प्रकाशनले अवकाश प्राप्त कमचारीहरुको १७ करोड बराबरको उपदान रकम दिन वाकिन् छ । उनीहरूले तेस्रो पटक साझा प्रकाशनको प्रागणमा धर्ना दिएका हुन् ।