साझा नेटर्वक मिडिया प्रालीद्वारा पत्रकार सम्मान तथा भित्तेपात्रो विमोचन

| 2021 Apr 18 | 01:19 pm 1681

सन्तोष महतारा, गुल्मी, बैशाख ५ः साझा नेटर्वक मिडिया प्राली तम्घास गुल्मीले भित्तेपात्रो विमोचन तथा शुभकामाना आदानप्रदान गरेको छ । आइतबार गुल्मीको सदरमुकाम तम्घासमा साझा नेटवर्क मिडिया प्रालीले पत्रकारलाई सम्मान गर्दै भित्तेपात्रो विमोचन गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुषालले पत्रकारहरुले गलतलाई गलत र ठिकलाई ठिक भन्न आवश्यक रहेको बताएका छन् । साझा मिडिया प्रालीले गुल्मीको विकासमा खबरदारीसहित सकारात्मक सुचना दिएर अतुलनीय सहयोग गरेको भन्दै प्रशंसा गरे । पत्रकार कुनै राजनितिक पार्टी बिशेष नहुन पनि उनले आग्रह गरेका छन् ।

भरखरै सकिएको नेपाल पत्रकार महासंघको चुनाबलाई लिएर प्रमुख अतिथि नगरप्रमुख भुषालले बिजयीभएकाहरुलाई शुभकामना तथा पराजय भएकाहरुलाई सहानुभूति प्रकट गरे । कार्यक्रममा बिशेष अतिथि रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले निति, विधि र प्रविधिमा आधारित हुन जरुरी रहेको भन्दै सुचना र संचार जगतमा नेटर्वकको महत्वपूर्ण भुमिका भएकोले साझा नेटर्वकको पनि अतुलनीय भुमिका रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष टोपलाल अर्यालले गुल्मी न्युज र साझा नेटर्वक सहितका अनलाईन आफ्नो अनलाइन पत्रकारिताको माध्यम बनेको बताएका थिए । अध्यक्ष अर्यालले हालै निर्वाचित नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति गुल्मीका सम्पूर्ण पदाधिकारी सहित कार्यसमितिलाई बधाई सहित सम्मान गरेकोमा साझा नेटर्वक मिडिया प्रालीप्रति आभार प्रकट गरे ।

कार्यक्रममा साझा नेटर्वकलाई अतुलनीय सहयोग गरेको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष टोपलाल अर्याल, सचिव प्रेम सुनार, कार्यसमिति सदस्य हुमाकान्त पोखरेल, गुल्मीका क्रियाशिल पत्रकार अनिल खत्री लगायत गुल्मी बाग्लुङ्गका क्रियाशिल पत्रकारलाई साझा नेटर्वक मिडिया प्रालीले सम्मान गरेको थियो ।

प्रालीले हालै निर्वाचित नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमितिलाई बधाई सहित सम्मान गरेको थियो । नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति गुल्मीमा अध्यक्ष पदमा टोपालाल अर्याल, उपाध्यक्षमा रेशम कुँवर र महिला उपाध्यक्षमा सिता भण्डारी, सचिवमा प्रेम सुनार, सह–सचिवमा तिलाचन पाण्डे र तेज कुमार श्रेष्ठ, कोषाध्यक्षमा कौरब खत्री पदाधिकारीसहित नयाँ कार्यसमति निर्वाचित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.