साग महिला भलिबल : स्वर्णका लागि आज नेपालले भारतसँग खेल्दै

रिपोर्ट नेपाल | 2019 Dec 03 | 08:22 am 2061

काठमाडौं, मंसिर १७ : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत महिला भलिबलमा स्वर्णको लागि आज नेपाली भारतको सामना गर्दै छ । खेल दिउँसो ४ बजेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हल त्रिपुरेश्वरमा हुनेछ । साग महिला भलिबलमा नेपाल पहिलो पटक फाइनलमा पुगेको हा ।

यसअघि साग महिला भलिबलमा भारतले स्वर्ण जित्दै आएको छ भने नेपालले कास्यमा मात्रै सिमित हुँदै आएको छ । नेपालले सन् १९९९, २००६ र २०१६ मा नेपालले कास्य जितेको थियो ।

गत शनिबार भएको सेमिफाइनलको खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको थियो । श्रीलंकामाथि नेपालले पहिलो सेटमा २५-१४, दोस्रो सेटमा २५-१८ र अन्तिम सेटमा २५ – २१ को जित निकालेको थियो ।

शनिबारै भएको अर्को सेमिफाइनलेको खेलमा भारतले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको थियो । भारतले पहिलो सेटमा २५-१४, दोस्रो सेटमा २५-६ र तेस्रो सेटमा २५-१७ ले माल्दिभ्सलाई पराजित गरेको थियो ।

समूह चरणको खेलमा पनि भारत र नेपालको भेट भइसकेको छ । उक्त खेलमा भारतले नेपाललाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । जारी खेलमा भारत कुनै खेलमा पनि हारेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.