काठमाडौं, मंसिर १९: दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आगामी १४औं संस्करण पाकिस्तानले आयोजना गर्ने भएको छ ।
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको प्रस्ताव स्विकार गर्दै पाकिस्तानले १४ औं संस्करणको साग आयोजना पक्का गरेको हो । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले सागको आगामी संस्करण आयोजनाको झण्डा लिन पाकिस्तान सरकारलाई सांस्कृतिक नृत्य सहित आमन्त्रण गरेको थियो ।
पाकिस्तानले नोभेम्बर २९ मा पत्र लेख्दै समय थोरै भएकाले सांस्कृतिक नृत्य प्रस्तुत गर्न नसक्ने तर १४ औं संस्करणको झण्डा आफुले लिने प्रतिबद्वता जनाएको छ ।