काठमाडौं, मंसिर १९: १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा बुद्धिबहादुर तामाङले साइकिलिङमा स्वर्ण पदक जित्न सफल भएका छन् । योसँगै यस जारी सागमा नेपालको स्वर्ण ३२ पुगेको छ ।
बिहीबार गोकर्णमा भएको पुरुष क्रस कन्ट्रीमा बुद्धिबहादुरले १ घन्टा १९ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गरेर स्वण दिलाएका हुन् ।
त्यस्तै १ मिनेट १९.४० सेकेण्डमा दुरी पारे गरेका नेपालकै राजिभ राईले रजत र १ मिनेट २१.०० सेकेण्डमा निर्धारित दुरी पार गरेका ओकेशराज बज्राचार्यले काश्य जिते ।
बुद्धिबहादुरको स्वर्णसँगै नेपालले सागको अहिलेसम्म्कै संस्करणमा सर्वाधिक स्वर्ण जितेको छ ।