सागको पुरुष क्रिकेटमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित

| 2019 Dec 05 | 12:44 pm 2042

काठमाडौं, मंसिर १९: १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

२ सय ३७ रनको विशाल विजयी लक्ष्य पछ्याएको भुटान २० ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनाएका थिए ।

भुटानका लागि मिक्यो दोर्जेले २३ बलमा ४ चौका सहित सर्वाधिक २७ रनको योगदान दिए । उनलाई १६ औं ओभरको दोस्रो बलमा पारस खड्काले दीपेन्द्र ऐरीबाट क्याच आउट गराएका थिए । ओपनर तेनजिङले ९, तोब्देन सिन्गे ११, जिग्मी सिन्जे ८ र सोनमले १५ रन जोडे । नेपालका पारस खड्काले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । पवन सरार्फ, ललित नारायण राजवंशी र करण केसीले १–१ विकेट लिए ।

नवौं ओभरको दोस्रो बलमा कर्मा दोर्जेले कप्तान जिग्मे सिङ्गेबाट क्याच गराउनु अघि पारसले २८ बलमा ९ चौका र १ छक्का सहित ५७ रनमा आउट भए । पारसको टि ट्वान्टी आईमा यो चौथो अर्ध शतक हो । ११ ओभरको अन्तिम बलमा कर्माले रोहित कुमार पौडेललाई ६ रनमा क्याच आउट गराए । आरिफ शेख ४ रनमा नट आउट रहे । भुटानका कर्मा दोर्जेले २ विकेट लिए ।

नेपाल पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा शुक्रवार माल्दिभ्ससँग खेल्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.