सागः भारतसँग नेपाल पराजित, नेपाल समूह चरणबाटै बाहिरीयो

रिपोर्ट नेपाल | 2019 Nov 29 | 06:41 pm 4738

काठमाडौं, मंसिर १३: १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद (राखेप)को कभर्डहलमा शुक्रबार साझँ भएको खेलमा नेपाल भारतसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

यो हारसँगै नेपाल समूह चरणबाटै बाहिएको छ । समूह चरणको पहिलो खेल पनि नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो । भारत भने यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो । भारतले आफ्नो पहिले खेलमा बंगलादेशलाई सोजो सेटमा पराजित गरेको थियो ।

भारतीय पुरुष भलिबल टोलीको तुलनामा नेपाली टोली कम्जोर देखियो । तीनै सेटमा भारतले नेपाललाई सहजै पराजित गर्यो ।

भारतले नेपाललाई पहिलो सेटमा २५–१५ ले पराजित गर्‍यो, भने दोस्रो सेटमा २५–१३ ले पराजित गर्‍यो । त्यस्तै भारतले अन्तिम सेट २५१६ ले सहजै आफ्नो पक्षमा पार्‍यो ।

अहिलेसम्म साग पुरुष भलिबलमा नेपालले कुनै पनि पदक जित्न सकेको छैन । भारत सागमा भलिबल समावेश भएदेखिकै दावेदार राष्ट्र हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.