साउन १ गतेदेखि धुलिखेल-पोखरा पर्यटकीय बस सञ्चालन हुने

| 2018 Jul 08 | 05:42 pm 3917

काठमाडौँ, २४ असार : तहल्का टुर्स एण्ड ट्राभल्सले पर्यटकीय नगरी पोखरा- धुलिखेल बस सञ्चालन गर्ने भएको छ ।

साउन १ गतेदेखि बस सञ्चालनमा आउने कम्पनीका प्रबन्ध निर्देशक जनकराज तिमल्सिनाले बताए । बस सेवा सञ्चालन भएपछि पोखराबाट धुलिखेल र धुलिखेलबाट पोखरा जाने पर्यटकका लागि सहज बन्ने छ ।

एयरकन्डिसन जडित सुविधायुक्त बस धुलिखेलबाट विहान ६ र पोखराबाट विहान ७ बजे दैनिक छुट्नेछन् । धुलिखेलबाट छुट्ने बस बनेपा, भक्तपुर, कोटेश्वर, सातदोवोटो, एकान्तकुना, बल्खु, कंलकी हुँदै पोखरा जानेछ ।

यात्रुको चापलाई हेरेर थप बस संचालन गर्ने तयारीमा कम्पनी छ । यसअघि सोही कम्पनीले भक्तपुरबाट पोखरा बस सञ्चालन गरीसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.