साउनामा निस्सासिएर एक दम्पत्तिको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jan 30 | 12:07 pm 1866

काठमाडौं, माघ १६: ललितपुरको एक फिट एण्ड फाइन जिमखानास्थित साउनामा वाफ लिन गएका एक दम्पत्तिको मृत्यु ज्यान गएको छ ।

ज्यान जानेमा ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्दै आएका हस्त गर्बुजा मगर र नेत्रकुमारी मगरको गएराति निस्सासिएर मृत्यु भएको ललितपुर प्रहरी परिसर जावलाखेलकी एसपी दुर्गा सिंहले जानकारी दिइन् ।

हस्त पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव भएको बताइएको छ ।

प्रहरीले जानकारी दिए अनुसार गर्बुजा मगर दम्पत्ति बुधबार साँझ जिम सकेर साउना लिन गएका थिए । साउना लिने क्रममा लामो समयसम्म ननिस्किएपछि खोजखबर हुँदा उनीहरू भित्रै बेहोस भेटिएको बुझिएको छ ।

बेहोस अवस्थामै उनीहरूलाई पाटन अस्पतालमा लगिएकोमा चिकित्सकले मृत उनीहरुलाई घोषित गरेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.