साउद बर्खास्त गरेपछि नेप्सेको नयाँ सिइओमा उपसचिव अर्याल नियुक्त

रिपोर्ट नेपाल | 2018 Jul 09 | 05:02 pm 4841

काठमाडौं, २५ असार : नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याल नियुक्त भएका छन् । चन्द्रसिंह साउद पदबाट बर्खास्त भएपछि सरकारले अर्याल नयाँ सिइओमा नियुक्त गरेको हो ।

सिइओमा नियुक्त लगत्तै उनले सोमबार नै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अर्यालले पुँजी बजार विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयले उपसचिव अर्याललाई सीईओको जिम्मेवारी दिएको जनाएको छ । सरकारले  यसअघि चन्द्रसिंह साउदलाई असार २२ गतेबाटै लागू हुने गरी सीईओ पदबाट बर्खास्त गरेको पत्र थमाइ सकेको छ ।

अनलाइन प्रणाली कार्यान्वयन गर्न लागिएको अवःथामा नेप्सेमा प्रमुख कार्यकारी परिवर्तन भएको हो । प्रमुख कार्यकारी परिवर्तनसँगै अनलाइन प्रणालीको भविष्यबारे प्रश्न उठेको छ । नेप्सेले हालै मात्र अनलाइन प्रणालीको युजर एसेप्टेन्स टेष्ट ९यूएटी० गर्न कम्पनी छनोट गरिसकेको छ । छनोट भएको कम्पनीसँग सहमतिपत्रमा हस्ताक्षर चाहिँ भइसकेको छैन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.