साईप्रस पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ 

रिपोर्ट नेपाल | 2023 Jul 30 | 09:21 pm 3053

काठमाडाैं, साउन १४ । साईप्रस पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा  सिन्धुली सुनकोशी गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडाैं  १५ डल्लु बस्ने वर्ष ३३ को राजन गिरी रहेका छन् ।

उनले सौरभ नेपाललाई वैदेशिक रोजगारीको लागि साईप्रस पठाईदिने भनी ६ लाख  लाग्ने बताएका थिए । साईप्रस पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र  मासिक तलब १ लाख भन्दा धेरै  हुने भनी विश्वास दिलाई  पटकपटक गरी २ लाख  लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले  गिरीको खोजतलास गर्ने क्रममा  लाजिम्पाटबाट पक्राउ गरेकाे प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।

उनलाई अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.