काठमाडौ, असाेज १२ः साईनो नेपाल मिमिडया सोसाइटीले बाग्लुङको ताराखोला गाउँपालिकालाई कार्यक्षेत्र बनाएर स्वास्थ्य सेवा प्रदान गर्दै आएको वेलनेस टिमलाई मास्क हस्तानतरण गरेको छ ।
सो संस्थाकी अध्यक्ष नितु खड्कालाई सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले हस्तानतरण गरेका थिए । सो हस्तानतरण कार्यक्रममा संस्थाकी अध्यक्ष खड्काले आफूले संचालन गर्दै आएको कार्यक्रमलाई सहयोग गरेकोमा साइनो नेपाल मिडिया सोसाइटीलाई धन्यवाद दिएका थिए ।
सोसाइटीका अध्यक्ष पोडेलले यस्ता कार्यक्रमलाई देशब्यापी रुपमा लैजानु पर्ने बताइन । कार्यक्रममा सोसाइटीका महासचिव दीपक रिजाल लगायतको उपस्थिती रहेको थियो ।